काठमाडौं । नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले सिमरास्थित आफ्नो कारखानामा सौर्य ऊर्जा प्रणाली जडान गरेको छ ।
यस परियोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी), नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा सम्पन्न भएको हो । यसले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ । हुलास स्टिलले वातावरणीय दिगोपनका लागि निरन्तर पहल गर्दै यसअघि नै आफ्ना कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन तथा कलर कोटिङ लाइनलाई डिजेलबाट विद्युत्मा रूपान्तरण गरिसकेको छ । यसले जीवाश्म इन्धनको प्रयोग तथा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याएको छ ।