काठमाडौ । टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ ।
कम्पनीले यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्याउने उपयोगी खोज लगायत अन्य के–कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने खोज गरेको छ । कम्पनीले सार्वजानिक गरेको सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाएको छ । दशैं–तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म टिकटकमा खोजिएका छन् । छिटो जानकारी लिन, समाचारहरूको अपडेट लिन, स्थानीय शैलीको प्रेरणा लिन र नेपालको सन्दर्भ र संस्कृति बुझ्ने क्रिएटरमार्फत आवश्यक सिफारिसहरू पाउन प्रयोगकर्ताहरू टिकटकमा आउने गरेका छन् । टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले बताए । उनले भने, ‘मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भहरू खोजिरहेका हुन्छन् ।’
२०२५मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटीहरु प्रियंका कार्की, राजेश हमाल, स्वस्तिमा खड्का, रेखा थापा र मदन कृष्ण श्रेष्ठ रहेका छन् । यस्तै सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटरहरु सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी र आना शर्मा रहेका छन् भने सबैभन्दा धेरै खोजिएका खेलाडीमा साम्बा, विमल घर्ती मगर, दिपेन्द्र सिंह ऐरी, एम्बाप्पे र मेस्सी रहेका छन् । धेरै खोजिएका स्थान भने मुस्ताग, मनांग, नर्थ अन्नपूर्ण बेस क्याम्प, पशुपतिनाथ मन्दिर र भीमसेनस्थान मन्दिर रहेको कम्पनीले जनाएको छ । सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामाहरुमा बिग बस, चलचित्र परान, जेरी अन टप, जारी २ र रोडिज सिजन ७ रहेका छन् ।
सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू तीज, कुकुर तिहार, मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द र एनपीएल सिजन २ छन् भने सबैभन्दा धेरै खोजिएका गीत÷साउन्डट्र्याक ठुमक ठुमक जानीए माहिए दे नाल, आइसक्रिम खाउंगी काश्मिर जाउंगी, माया गर्नु ल (जोन चाम्लिंग), वाक्क लाग्दो संसार, सारी लायर आएँ भने रहेको छन् । सबैभन्दा धेरै खोजिएका खाना÷रेसिपीमा हत्क्युला फ्रुट, स्टिम चिकेन रेसिपी, सेलरोटी रेसिपी, सिंगडा रेसिपी र पक्कु रेसिपी रहेको कम्पनीले जनाएको छ ।