काठमाडौं । टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउन कम्पनीले हालै त्रिशक्ति ट्रेडर्स एन्ड सप्लायर्समार्फत सोरुम सञ्चालनमा ल्याइएको हो ।
सोरूमले यस क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई सम्बोधन गर्दै परिष्कृत, अन्तरक्रियात्मक तथा विश्वस्तरीय खरिद अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । त्रिशक्ति ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइटर सर्वेस नायक, कजारियाका एरिया सेल्स प्रतिनिधिलगायतको उपस्थितिका सोरुमको उद्घाटन गरिएको थियो । सोरुम विस्तारले कजारियाले नेपालका प्रत्येक क्षेत्रमा विश्वस्तरीय र प्रिमियम टायल सहजरूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाएको जनाएको छ ।