काठमाडौं । नेपाल धितोपत्र बोर्डले शिखर पावर डेभलपमेन्ट लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले पुस १६ गते उक्त कम्पनीलाई साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै यस कम्पनीले एक सय रूपैयाँ अङ्कित मूल्य कायम रहने गरी ३२ करोड रूपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने छ । सेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस कम्पनीले बाग्लुङमा ४.९६ मेगावाट क्षमताको भीम खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८१ फागुन २५ देखि विद्युत् उत्पादन गरिरहेको छ । साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भीम खोला आयोजना निर्माण गरिरहेको छ ।