काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहसहित २६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज साँझ बसेको बैठकले उक्त निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । आजको बैठकमा थपिएका सात जना केन्द्रीयसमेत सहभागी थिए । रास्वपा र काठमाडौँ महानगरपालिका प्रमुख साहबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता यसअघि नै भइसकेको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि पार्टी एकतासम्बन्धी सम्झौता भइसकेको छ । यि हुन पदाधिकारीहरु । बालेन शाह सुनिल लम्साल भूपदेव शाह सस्मित पोखरेल सागर ढकाल लक्ष्मण थारु रमेश पौडेल खगेन्द्र सुनार गणेश पौडेल सन्तोष गिरी डा।नमिता यादव सरिता ज्ञवाली सुशान्त वैदिक लक्ष्मी बर्देवा शिव यादव रोहन कार्की अनन्तराज घिमिरे रामकुमार ढुंगाना प्रदीप ज्ञवाली जेम्स कार्की मधुसुदन ढकाल ओजस्वी थापा केपी खनाल आदित्य आचार्य प्रदीप पाण्डे खेमराज साउद