बागमती । हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएको राससले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएको थियो । तीन जनाको भने सोही हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।