काठमाडौं । प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्सले ‘अन ह्वील्स एक्सपेरियन्स सेन्टर’को शुभारम्भ गरेको छ । कम्पनीले नेपालभर रहेका आफ्ना आधिकारिक डिलरहरूसम्म प्रत्यक्ष पहुँच पुर्याउने उद्देश्यसहित दुईवटा चल्ती एक्सपेरियन्स सेन्टरको औपचारिक शुभारम्भ गरेको हो ।
यस अभिनव अवधारणाअन्तर्गत तयार गरिएका दुई विशेष ब्रान्डेड ट्रकहरू अब देशका विभिन्न भू–भागमा रहेका प्राइम टाइल्सका आधिकारिक डिलरहरूसम्म पुग्नेछन् । यी चल्ती एक्सपेरियन्स सेन्टरमार्फत प्राइम टाइल्सका नवीनतम डिजाइन, गुणस्तर, उत्पादन विशेषता तथा ब्रान्ड अनुभवलाई डिलर, कारीगर, आर्किटेक्ट तथा लक्षित ग्राहक समूहसमक्ष प्रत्यक्षरूपमा प्रस्तुत गरिनेछ । प्राइम टाइल्सले सधैँ आफ्ना डिलरहरूलाई व्यावसायिक साझेदारको रूपमा सम्मान गर्दै आएको जनाएको छ । यही सोचलाई थप सशक्त बनाउने उद्देश्यले एक्सपेरियन्स सेन्टर अन ह्वील अभियान सुरु गरिएको कम्पनीको भनाइ छ । यसले डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने, आपसी विश्वास वृद्धि गर्ने तथा बजारमा ब्रान्डको उपस्थिति प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस अभियानमार्फत डिलरहरूले आफ्नै परिसरमा प्राइम टाइल्सको एक्सपेरियन्स सेन्टरको अनुभूति गर्न सक्नेछन्, जसले उनीहरूलाई ग्राहकहरूसँग अझ आत्मविश्वासका साथ ब्रान्ड प्रस्तुत गर्न सहयोग पुर्याउनेछ । साथै, यस पहलले प्राइम टाइल्स र यसको डिलर नेटवर्कबीच दीर्घकालीन सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ ।