विराटनगर । दुई समुदायबीच धार्मिक एवं सामाजिक विषयलाई लिएर तनाब बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कफ्यू आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगंञ्जका संवेदनशील क्षेत्रमा कफ्र्यू आदेश जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।यसअघि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।