काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका पाँच सय जनाभन्दा बढी अभिकर्ताहरूसहित विभागिय प्रमुखहरू, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीद्वारा पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए भने नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । कार्यक्रममा सो प्रदेशबाट आफ्नो कोड र सञ्जलमा प्रथम द्वित्तीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब कार्यक्रममा नेपालभरबाट एक हजार छ सय जनाभन्दा बढी अभिकर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरूलाई सकरात्मक असर पु¥याउने हुँदा सबै तहका अभिकर्ताहरूलाई हुने गरी मासिक तथा वार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए । उनले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसँग जोडिएको नभइ सेवाभावसँग जोडिएको एक पवित्र पेशा भएकोले यस पेशामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मुख्य आधार नै काम प्रतिको इमान्दारिता र निरन्तरता रहेको बताए ।
सो समारोहमा उपस्थित विजेता अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेसनल तालिम प्रदान गरेका थिए । बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरूमध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाका रविना केसीले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेको सो समारोहमा सहभागी विजेता अभिकर्ताहरूले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप ऊर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको बताएका थिए ।