काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियामार्फत सबैले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम चार सय रुपैयाँका दरले सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (दुई लाख कित्ता) सेयरका लागि आवेदन दिनु पर्नेछ । बोलपत्र पुस १६ गतेदेखि पुस २३ गतेभित्र काठमाडौँको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नु पर्नेछ । यो बोलपत्र पुस २४ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ ।