काठमाडौँ, भदौ २२
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्टार नियुक्त गरेको छ । कम्पनीका अनुसार नियुक्तीसम्बन्धी सम्झौतामा लिवर्टी इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा सेयर रजिष्टार प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुुन् ।
साथै लिवर्टी इनर्जीको सेयरसम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायत सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।