काठमाडौँ, भदौ २२ गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा नौ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो अवको सोही अवधिमा कम्पनीको यस्तो नाफा सात करोड ६४ लाख ३६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ४४ रुपैयाँ ९५ पैसा रहेको छ ।