काठमाडौं । कुल निर्जीवन बीमालेखको संख्या बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा कुल निर्जीवन बीमालेखको संख्या लघु बीमा समेत गरी गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ५९ प्रतिशतले बढेर १३ लाख ४१ हजार साता सय सात पुगेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा चारवटा लघु जीवन बीमा कम्पनीहरूले मात्र कुल एक लाख ७९ हजार पाँच सय ११ वटा बीमालेख जारी गरी ४९ करोड ६० लाख पाँच हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिमा जारी भएको कुल निर्जीवन बीमालेखको संख्या १२ लाख ७० हजार छ सय ५७ रहेको थियो । चालू आवको पछिल्लो पाँच महिनामा कुल निर्जीवन बीमाशुल्क रकम पनि गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १० प्रतिशतले बढेर १९ अर्ब ९८ करोड ५६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो रकम १७ अर्ब ५१ करोड ६६ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
प्राधिकरणका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले ७८ हजार पाँच सय १५ वटा बीमालेख जारी गरी एक अर्ब एक करोड ७२ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो पाँच महिनासम्ममा १८ हजार छ सय ३७ वटा बीमालेख जारी गरी एक अर्ब ११ करोड ७१ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले चालू आवको मंसिर मसान्तसम्ममा नौ हजार आठ सय ६५ वटा बीमालेख जारी गरी ४९ करोड ३० लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योेन्स कम्पनीले भने पछिल्लो अवधिमा १० हजार तीन सय ५६ वटा बीमालेख जारी गरी ६० करोड ६८ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख १९ हजार दुई सय ६७ वटा बीमालेख जारी गरी एक अर्ब ४३ करोड ४१ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो पाँच महिनामा ४४ हजार एक सय ५७ वटा बीमालेख जारी गरी ७९ करोड ८५ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको मंसिर मसान्तसम्ममा एक लाख ३० हजार एक सय ६७ वटा बीमालेख जारी गरी दुई अर्ब १५ करोड पाँच लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा ८७ हजार आठ सय ३८ वटा बीमालेख जारी गरी एक अर्ब ५७ करोड ८२ लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको मंसिर मसान्तसम्ममा एक लाख २९ हजार छ सय ४६ वटा बीमालेख जारी दुई अर्ब सात करोड १७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा ५० हजार एक सय १० वटा बीमालेख जारी गरी एक अर्ब २२ करोड १४ लाख ६८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा एक लाख १४ हजार सात सय ७४ वटा बीमालेख जारी गरी एक अर्ब ८६ करोड ५४ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योेरेन्स कम्पनी (सलिको)ले पनि चालू आवको मंसिर मसान्तसम्ममा एक लाख सात हजार नौ सय २० वटा बीमालेख जारी गरी दुई अर्ब २१ करोड ९२ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले भने चालु आवको पछिल्लो पाँच महिनाको अवधिमा ८८ हजार एक सय ५३ वटा बीमालेख जारी गरी एक अर्ब ६६ करोड ८४ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिसम्ममा एक लाख ७२ हजार सात सय ६१ वटा बीमालेख जारी गरी एक अर्ब ३१ करोड २१ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।