काठमाडौँ, भदौ २२ नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २३ करोड ६५ लाख दुुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २१ करोड चार लाख ८१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने तीन सय २१ रुपैयाँ ६४ पैसा रहेको छ ।