काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । अघिल्लो दुई दिन लगातार उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १३ दशमलव ३५ अंकले ओरालो लागेर २६ सय ३५ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २२ अंकले ओरालो लागेर चार सय ५५ दशमलव शुन्य एक बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ७२ हजार चार सय ७४ पटकको कारोबारमा एक करोड छ लाख ३३ हजार सात सय १७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार नौं सय ९१ रुपैंंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।