काठमाडौँ । केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्वअध्यक्ष शाहीलाई मङ्गलबारको पार्टी सचिवालय बैठकले उक्त जिम्मेवारी तोकेको हो ।