काठमाडौँ । डिप्रोक्स र इ–सेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका एक सय जनाभन्दा बढी सदस्यहरूलाई वीरगञ्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र इ–सेवामार्फत ईएमआई भुक्तानीसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भयो ।
उक्त तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोवार प्रवद्र्धन गर्नु तथा इ–सेवामार्फत सहज रूपमा ईएमआई भुक्तानी गर्न सदस्यहरूलाई प्रोत्साहन गर्नु थियो । साथै, समयमै ईएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोगमार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा पनि विशेष ध्यान दिइयो ।
सदस्यहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जानकारीले आफूहरूलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोहीअनुरुप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे प्रतिबद्धता व्यक्त गरेका थिए ।