काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । राष्ट्रपतिको कार्यालयले सो अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको जनाएको छ ।