काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमका बीच सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको सोह«ौँ वार्षिक साधारणसभाबाट चुक्ता पँुजीको १ः१ को अनुपातमा एक सय रुपैयाँ अंकित दरको जम्मा तीन अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको तीन करोड चार लाख ५० हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन प्रस्ताव गर्ने पारित भएको थियो । कम्पनीले उक्त निष्कासनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरूबाट प्रवर्धन गरेको ६१.११ मेगा वाटको नारखोला जलविद्युत् आयोजना तथा ८६.५९ मेगा वाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीका प्रबन्ध संचालकले जानकारी गराएको छ ।