काठमाडौं । नेपाल बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँ चावहिलमा रहेको ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौताबमोजिम कर्मचारीहरू, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको पाँचदेखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।