काठमाडौं । एनसेलले आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम यो प्याक ल्याइएको हो ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिन सक्नेछन् । शनिबारबाट संचालनमा आएको यो प्याकको मुल्य करसहित मात्र २९९ रुपैयाँ मूल्य तोकिएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् । यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् । यसअन्तर्गत प्रतिमिनेट मात्र १ रुपैयाँमा कल गर्न सकिन्छ । त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।
यसले युवाहरुको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पु¥याउने विश्वास लिएको एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपाङ्ग दत्तले बताए । युवा सिममा अर्को एक विशेषता पनि रहेको छ । यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र १९ रुपैयाँ प्रदान पनि गर्दछ । यसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्न पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।
हरेक २८ दिनपछि सेवा र सुविधाहरू निरन्तर प्रयोग गर्नका लागि ग्राहकहरूले २८ दिनको समयसीमा समाप्त हुनु अघि नै उही शुल्कमा प्याक पुनः खरिद गर्न आवश्यक छ । यो प्याक एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३ह्यास डायल गरेर खरिद गर्न सकिन्छ ।