काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ४४ लाख ७७ हजार चार सय १९ रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले चार लाख ४९ हजार आठ सय ८४ रूपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार पाँच सय रूपैयाँ रहेको छ । संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ८७ करोड १५ लाख ५८ हजार चार सय ९१ रूपैयाँ निक्षेप सङ्कलन गरी पाँच अर्ब ५६ करोड ४७ लाख ४८ हजार दुई सय १३ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड १३ लाख ७३ हजार पाँच सय ८७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब १३ करोड दुई लाख १२ हजार आठ सय ९६ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २४ करोड ७९ लाख ४१ हजार दुई सय ५५ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ४४ लाख ३४ हजार छ सय ३० रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।