काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही माघ चार गतेदेखि साधारण सेयर (आईपीओ) को बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुल्ला गर्ने छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सो मध्ये पहिलो चरणमा चार लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि न्युनतम १० देखि अधिकतम दुई लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । साधारण सेयरको बिक्री कार्य छिटोमा यही माघ आठ गते र ढिलोमा माघ १८ गते बन्द हुने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।