काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि साधारण सेयर जारी गरी बाँडफाँटसमेत गरे पश्चात् दोस्रो चरणमा सर्वसाधारणको लागि साधारण सेयर बिक्रीको आह्वान गरेको हो ।
सोअनुसार कम्पनीले यही पुस २९ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ८२ करोड रुपैयाँ बराबरको ८२ लाख साधारण सेयरका बिक्री आह्वान गरेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सह बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही माघ चार गते र ढिलोमा यही माघ १४ गते बिक्री कार्य बन्द हुने छ । कम्पनीका अनुसार लगानीकर्ताहरूले न्युनत १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।