काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआईसीसीआइ)को अध्यक्षमा पुनः सञ्जय अग्रवाल चयन भएका छन् ।
एनआईसीसीआइको काठमाडौंमा सम्पन्न १२औं वार्षिक साधारणसभाले अग्रवाललाई नै नेतृत्वमा दोहो¥याएको हो । अध्यक्ष अग्रवालले आगामी वर्षहरूका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने बताए । लगानी तथा नीतिगत संवादलाई सक्रियरूपमा सहजीकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा एनआईसीसीको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । कार्यक्रममा भिनोद सग्तानीलाई मेम्वर अफ द एअर २०२५ बाट सम्मान गरिएको थियो भने कल्याण सिलवाललाई एनआईसीसीआई सीएसआर २०२५ कम्युनिटी अवार्ड प्रदान गरिएको थियो ।