काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १४औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष विजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्थाको विवरण, सात प्रतिशत लाभांश वितरण तथा संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ । साथै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा आगामी चार वर्षको कार्यकालका लागि सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सभाका अध्यक्ष विजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रितहरूप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्थाले ८१ हजार सदस्यहरूलाई लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा रकम पाँच अर्ब रहेको छ ।