काठमाडौँ । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ । एनपीएस नेसनल कार्ड स्वीचअन्तर्गत डोमेस्टिक कार्ड स्किम–नेपाल पे कार्डको प्रमुख सदस्यताको लागि उक्त सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार एनपीएस नेसनल कार्ड स्वीचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तर सञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो । सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालयहरू तथा एक सय २७ वटा एटीएमहरू संचालनमा रहेका छन् ।