काठमाडौं । बैंकिङ प्रणालीमा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकल आठौँ पटक पुनः २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको छ । यस यसअघि पुस १४ गते नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ जारी गरेको राष्ट्र बैंकले दोस्रो पटक पुस १६ गते पुन एकवर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ जारी गरेको थियो । यी दुवै ऋणपत्रको परिपक्व हुने अवधि क्रमशः २०८३ पुस १४ र २०८३ पुस १६ गते तोकिएको थियो ।
राष्ट्र बैंकले पुस २० गते पनि २५ अर्ब रुपैयाँबराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ जारी गरेको थियो । जारी मिति पुस २० गते नै तोकिएको ऋणपत्रको परिपत्र हुने अवधि २०८३ पुस २० गते तोकिएको थियो । सोपश्चात् भने पुस २२ गते २५ अर्ब रुपैयाँबराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ जारी गरेको राष्ट्र बैंकले पुस २३ गते २० अर्ब रुपैयाँबराबरको पुनः एकवर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ङ’ जारी गरेको हो । निष्काशन मिति २०८२ पुुस २३ गते तोकिएको २० अर्ब रुपैयाँको यो ऋणपत्रको परिपक्व हुने अवधि २०८३ पुस २३ गते तोकिएको छ । सोपश्चात् यही पुस २४ गते पनि राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ जारी गरेको थियो । निष्काशन मिति २०८२ पुस २४ गते तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८३ पुस २४ गते तोकिएको छ । सोपश्चात् पुस २८ गते सातौँ पटक नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ जारी गरेको हो । निष्काशन मिति यही पुस २८ गते तोकिएको ऋणपत्रको परिपक्व हुने मिति २०८३ पुस २८ गते तोकिएको छ । आठौँ पटक भने राष्ट्र बैंकले यही पुस २९ गते २० अर्ब रुपैयाँबराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ज’ जारी गरेको हो । निष्काशन मिति पुस २० गते तोकिएको ऋणत्रको परिपक्व हुने अवधि २०८३ पुस २९ गते तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुनेछ । यो ऋणपत्र न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म खरिद गर्न सकिने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको ऋणपत्र राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ । ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउने काउन्टर पार्टीले ऋणपत्रकोे बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्ने व्यवस्था तोकिएको थियो ।