काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन चार दशमलव ९० अंकले उक्लिएको नेप्से परिसुचक बुधबार एक दशमलव ५२ अंकले उकालो लागेर। २६ सय ४१ दशमलव ४३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १३ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ७३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ७२ हजार छ सय ७१ पटकको कारोबारमा एक करोड २५ लाख चार हजार नौं सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब २० करोड ९४ लाख ३८ हजार नौं सय छ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक खुम्चिएका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।