काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले यही पुस ३० गते बुधबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्ताव पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न १८औं वार्षिक साधारणसभामा आव २०८२/८३ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राख्नुभएका जिज्ञासाहरूको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए । देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।