काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा बुधबार सम्पन्न उक्त साधारणसभाले बैक तथा बैकका सहायक कम्पनीहरू सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रञ्जीव एन्ड एसोसिएट्सलाई पुनः नियुक्त गरेको छ । यसैगरी नियामक निकायको निर्देशनबमोजिम बैंकका पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।