काठमाडौँ । सिंहदरबारस्थित भौतिक मन्त्रालयमा शुक्रबार भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्री चौलागाईं र राजदूत तोरूबीच उक्त भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ ।
नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव तथा आगामी सहकार्य विस्तारका विषयमा भेटका क्रममा उनीहरुबीच कुराकानी भएको थियो ।