धरान । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रोप्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको प्रो–एम उपाधि शुक्र बहादुर राईको टिमले जितेको छ ।
धरान गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा शुक्रसहित एमेच्योर सोम गुरुङ, पूर्ण लिम्बु र आवास भट्टराई सम्मिलितटोलीले कुल एक सय ५८ अंक जोड्दै उपाधि हात पारेको हो । प्रो सञ्जय लामा तथा एमेच्योर लोकेन्द्र राई, दिवस तुलाधर रमानबहादुर लिम्बु सम्मिलित टोली एक सय ५० अंकसहित दोस्रो बन्यो । प्रो बलभद्र राई तथा एमेच्योर मेजर जनरल नकुलबहादुर रायमाझी, सिद्धान्त सापकोटा र वसन्त राईको टोली एक सय ४६ अंकसहित तेस्रो स्थानमा रह्यो । महिलातर्फ विना सापकोटाले ३० अंकसहित महिलातर्फ उत्कृष्टव्यक्तिगत स्कोरको पुरस्कार जित्न सफल रहिन् । यस्तै मेजर जनरलन कुल बहादुर रायमाझीले लङ्गेस्ट ड्राइभ र उज्ज्वल राईले क्लोजेस्टटु द पिनको उपाधि जिते ।
स्टेबल फोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको प्रतियोगितामा १५ प्रो र ५५ एमेच्योर गरी कुल ७० गल्फरले सहभागिता जनाएका थिए । नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई र कोशी प्रदेश गल्फसंघका अध्यक्ष सुयश प्याकुरेलले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरे । यसअघि शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको प्रतिस्पर्धामा नेपाल नम्बर एक प्रो निरज तामाङले कुल १५–अन्डर एक सय २५ स्कोरसहित उपाधि जितेका थिए । एमेच्योर राहुल विश्वकर्मा ९–अन्डर एक सय ३१ स्कोरसहित दोस्रो भए । बलभद्र राई ६–अन्डर दुई सय चार स्कोरसहित तेस्रो स्थानमा रहे । दिनेश प्रजापतिले दुई सय सात स्कोरसहित चौथो स्थान हासिल गर्दा टंकबहादुर कार्की र भुवन नगरकोटीले पाँचौं स्थान बाँडे । प्रतियोगिताको कुल नगद पुरस्कारराशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।