काठमाडौं, पुस ९
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक दुुई दशमलव ३७ अंकले ओरालो लागेर ११ सय ६६ दशमलव २१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३२ अंकले ओरालो लागेर दुुई सय ५४ दशमलव २१ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७१ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार नौ हजार १८ वटा कारोबारमा २० लाख २९ हजार आठ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ७२ करोड १६ लाख ४२ हजार नौ सय ६५ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार पाँचवटा समूहको सूचक उकालो लागेका छन् भने सातवटा समूहको सूचक ओरालो लागेका छन् । सोअनुुरूप वाणिज्य बैक समूहको सूचक शून्य दशमलव ८४ अंकले उकालो लागेर एक हजार ४२ दशमलव ५५ अंकमा चढेकोमा टे«डिङ समूहको सूचक एक दशमलव ५८ अंंकले उकालो लागेर पाँच सय ७२ दशमलव ५८ अंकमा चढेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि शून्य दशमलव शून्य एक अंकले उकालो लागेर पाँच सय ७८ दशमलव ३३ अंकमा चढेकोमा अन्य समूहको सूचक शून्य दशमलव ३८ अंकले उकालो लागेर छ सय ८३ दशमलव ७८ अंकमा चढेको छ । यसबाहेक सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य एक अंकले उकालो लागेको छ । विकास बैंक समूहको सूचक भने यसदिन नौ अंकले ओरालो लागेर १५ सय ८४ दशमलव ७४ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि शून्य दशमलव ३७ अंकले ओरालो लागेर नौ सय ४५ दशमलव ९० अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५९ दशमलव ५५ अंकले ओरालो लागेर चार हजार पाँच सय ३८ दशमलव ९९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ४० दशमलव ३४ अंकले ओरालो लागेर पाँच हजार पाँच सय ७८ दशमलव चार अंकमा झरेको छ । यीबाहेक होटल, उत्पादनमूलक र लघुुवित्त समूहको सूचक पनि क्रमशः ३५ दशमलव एक, १० दशमलव १९ र १० दशमलव ९१ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ८९ पैसाले बढेर छ सय रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ रूपैयाँ ५७ पैसाले बढेर दुुई सय छ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक पाँचथर पार कम्पनी, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको आँखुु खोला जलविद्युुत् कम्पनीको सेयर मूल्य सात रूपैयाँ एक पैसाले घटेर ५३ रूपैयाँमा किनबेच भएको छ । रिडी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रूपैयाँ ४० पैसाले घटेर ७० रूपैयाँमा किनबेच भएको छ । यीबाहेक गुुराँस लघुुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन शिवम सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता चार सय ४५ रूपैयाँ अन्तिम मूल्यमा १० करोड ३३ लाख १२ हजार एक सय ३२ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागरिक लगानी कोषको दुई हजार ५० रूपैयाँ अन्तिम मूल्यमा आठ करोड ८२ लाख ७४ हजार चार सय ५१ रूपैयाँको सेयर किनबेच भएको छ ।
यीबाहेक नेपाल बैंक, बुुटवल पावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुुसार यसदिन कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार तीन सय ९८ दशमलव ३३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी एभरेष्ट बैंकको पनि चार लाख कित्ता सेयर सूचीकृत भएको छ ।