काठमाडौँ । वाणिज्य बैंकहरूको खुद मुनाफा खुम्चिएको छ । चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा २० वटा वाणिज्य बैंकले कुल २५ अर्ब ७२ करोड १० लाख खुद मुनाफा कमाएका हुन् ।
यो नाफा गत आवको सोही अवधिमा तुलनामा चार अर्ब ८७ करोड २० लाख रुपैयाँले कम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ३० अर्ब ५९ करोड ३० लाख रुपैयाँबराबरको खुद मुनाफा कमाएका थिए ।
गत साउनदेखि मंसिर मसान्तसम्म नबिल बैंकले तीन अर्ब ११ करोड ७७ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा कुमारी र एभरेष्टले क्रमशः एक अर्ब ५२ करोड ४७ लाख ९० हजार र एक अर्ब ८९ करोड ६८ लाख ५० हजार रुपैयाँ आर्जन गरेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः तीन अर्ब ४९ करोड ७४ लाख १० हजार, एक अर्ब ९९ करोड ३२ लाख २० हजार र एक अर्ब ९४ करोड दुई लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
त्यसैगरी माछापुच्छ्रे सिद्धार्थ र सिटिजन्स बैंक इन्टरनेसनलले पनि क्रमशः ८४ करोड ३५ लाख ५० हजार, एक अर्ब १७ लाख ९० हजार र २४ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ८२ करोड ७४ लाख ४० हजार, ९७ करोड ९० लाख ४० हजार र ६९ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । यता, एनएमबी, सानिमा र हिमालयन बैंकले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा क्रमशः एक अर्ब ६५ करोड ५७ लाख ८० हजार, एक अर्ब छ करोड २८ लाख ७० हजार र एक अर्ब १३ करोड १५ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ९० करोड ६४ लाख ४० हजार, ९० करोड ४१ लाख २० हजार र एक अर्ब ३३ करोड ७१ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
यो अवधिमा प्रभु, ग्लोबल आईएमई र लक्ष्मी सनराइज बैंकले पनि क्रमशः एक अर्ब १६ करोड ७५ लाख १० हजार, तीन अर्ब २२ करोड २६ लाख र ९२ करोड ६६ लाख ३० हजार रुपैैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ८३ करोड ८४ लाख २० हजार, दुई अर्ब ८३ करोड ४४ लाख ४० हजार र एक अर्ब ६४ करोड सात लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए । नेपाल एसबीआई, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ९० करोड ४७ लाख ७० हजार, ५९ करोड चार लाख ७० हजार र एक अर्ब ९२ करोड ५९ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ३४ करोड ८७ लाख २० हजार, एक अर्ब ५१ करोड ५७ लाख ८० हजार र एक अर्ब ९६ करोड ८९ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार पाँच महिनामा स्टान्डर्ड चार्टर्ड बैंकले एक अर्ब १६ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा कमायँदा एनआईसी एसिया बैंकले ५९ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ३७ करोड ४५ लाख ४० हजार र ६३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा क्रमशः एक अर्ब २३ करोड २४ लाख, ८६ करोड ७१ लाख ९० हजार र ४१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई अर्ब ४९ करोड १० लाख सात हजार र २६ करोड ४४ लाख रुपैैंयाँ खुद मुनाफा कमाएका थिए । कृषि विकास बैंकले भने उक्त अवधिको नाफा उल्लेख गरेको छैन ।