काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले टिक्मोमार्फत आईएमई गराँै, उपहार जितौँ योजना सार्वजनिक गरेको छ । यहि पौष २१ देखि चैत्र १७ सम्म सञ्चालनमा रहने यो अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आईएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहारहरू जित्ने अवसर रहेको छ ।
टिक्मो एपमार्फत साउदी अरबबाट आईएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कारअन्तर्गत एकजना भाग्यशाली विजेताले बीवाईडी एटो एक इभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना भाग्यशाली विजेताले याडी वइन इभी स्कुटर जित्न सक्नेछन् । साथै साप्ताहिक विजेताअन्तर्गत १२ भाग्यशाली विजेताले आइफोन १७ जित्न सक्नेछन् । टिक्मोको यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली व्यक्ति लाभान्वित हुने छन् भने विजेताहरू पारदर्शी डिजिटल लक्की ड्रमार्फत छनोट गरिने छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको पैसा सुरक्षित रूपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्र्याउने मात्रै नभएर अवसरको सदुपयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आईएमईले प्रदान गरेको छ ।
आईएमई लिमिटेडका बारेमा
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
टिक्मोको बारेमा
टिक्मो मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ । यसका मुख्य विशेषताहरू अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल रकम भुक्तानी कार्ड, बिल भुक्तानी इत्यादि हुन् ।