काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार चार सय ८२ दशमलव ०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार दुई सय ९७ कित्ता, घनमान बज्राचार्यको १९ हजार चार सय ९२ दशमलव १३ कित्ता, तुलसी राम नेपालको सात हजार चार सय नौ दशमलव ५६ कित्ता, हरि प्रसाद प्रसाईंको पाँच हजार दुई सय ८८ दशमलव ८९ कित्ता र जयन्तकुमार अग्रवालको एक सय कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको बैकले जानकारी दिएको छ ।
इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौँको कमलादीस्थित बैंकको कानुन विभागमा निवदेन दिनुपर्ने छ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।