काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सोमबार चितवनको सौराहमा आफ्नो २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८१/०८२को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरूसँगै सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । बोनस सेयरपश्चात् संस्थाको चुक्ता पुँजी दुई अर्ब पाँच करोड ५१ लाख १४ हजार पुगेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४औँ वार्षिक साधारणसभामा आव २०८१/०८२ को वार्षिक प्रतिवेदनउपर सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्षले स्पष्ट पारेका थिए । साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।
संस्थापकतर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारणतर्फ तीनजना सञ्चालकहरू क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका थिए ।