काठमाडौं । नेपाल बैंक र ब्ल्याक हर्स इन्डस्ट्रिजबीच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई काठमाडौँको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इन्डस्ट्रिज प्रालिले उत्पादन र बिक्री गर्ने गरेको ब्ल्याक हर्स ब्रान्डका विभिन्न किसिमका जुत्ताहरूको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट गर्ने बिषयमा उक्त सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इन्डस्ट्रिज प्रालिको तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले ब्ल्याक हर्स इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित ब्ल्याक हर्स ब्रान्डका जुत्ताहरू देशभर रहेका बिक्रेताहरूबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।