कोलम्बो । श्रीलंका पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान सुरु गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक कम आउने महिनाहरूमा आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख युरोपेली बजारहरूमा केन्द्रित प्रचार अभियानहरू सुरु गर्ने बताएका छन् ।
व्यापक पर्यटन रणनीतिको एक हिस्साको रूपमा, श्रीलंकाले हालै देशको भारतीय पर्यटक आधारलाई विविधीकरण गरी अन्य आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख भारतीय शहरहरूमा प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको उनले उल्लेख गरेका छन् । सने २०२६ को जनवरीको पहिलो हप्तामा ९४ हजार भन्दा बढी पर्यटक आगमन भएको रिपोर्ट गर्दै श्रीलंकाले २०२६ मा बलियो सुरुवात गरेको उनले जनाएका छन् ।
पर्यटन श्रलंकाको लागि प्रमुख विदेशी राजस्व उत्पादक तथा आर्थिक विकासको आधार भएको जनाइएको छ भने सन् २०२६ मा श्रीलंकाले ३० लाख पर्यटकहरू आउने अपेक्षा गरेको छ ।