काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले चार जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख २५ हजार तीन सय ४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीका अनुसार संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले पाँच लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले तीन लाख २० हजार दुई सय ४१ कित्ता, गौरव शारडाले दुई लाख ७२ हजार आठ सय ४४ कित्ता र दिनेश प्रसाद श्रेष्ठले सात हजार दुई सय ८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीले हाल सूर्यज्योति लाइफकै संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरि सेयर बिक्रीमा राखेको हो । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौँको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाएर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।