काठमाडौँ । चार पूर्वप्रधानमन्त्री आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्दै छन् ।
त्यसैगरी रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
गोरखा निर्वाचन क्षेत्र नं २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार बन्ने भएका छन् ।
यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित भएका थिए । पूर्वप्रधानमन्त्री डा भट्टराईले सो निर्वाचनमा नेकपाका संयोजक दाहाललाई सहयोग गरेका थिए ।