बुटवल, भदौ २४ सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हेडक्वाटर रूपन्देहीले चालू आर्थिक वर्षको सुरुको डेड महिना अवधिमा ४४ लाख रुपैयाँभन्दा बढीको अवैध मालसमान बरामद गरेको छ । कार्यालयका कार्यालय प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलका अनुसार उक्त अवैध सामान हेडक्वाटरसहित मातहतका अन्य कार्यालयहरूबाट बरामद गरेको हो ।