दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोलखामा १४ वटा दलका १४ जना र २० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसको तर्फबाट अजयबावु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट विशाल खड्का, राप्रपाबाट प्रविण थोकर, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट जगदीश खरेल र उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टी, आम जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, श्रम सस्कृति पार्टी लगायतका साना दलले पनि उम्मेदवारी मनोनयन गराएको कार्यलयले जनाएको छ । पार्टीगत रूपमा १४ वटा दलले उम्मेदवारी दिएका छन् । त्यसैगरी २० जना स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गरेका छन् । उम्मेदवारहरुले मंगलबार बाजागाजा तथा ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।