काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड कार्य सम्पन्न भएको छ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फन्डअन्तर्गत संचालन हुने बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ को प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाइमध्ये बीज पुँजीवापत न्यूनतम एक करोड ५० लाख इकाइ अर्थात् १५ करोड रुपैयाँ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाइ मिति २०८२ पौष ०४ गतेदेखि मिति २०८२ पौष १८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिमा मागभन्दा अधिक इकाइ खरिदको लागि आवेदन प्राप्त भएकाले प्रचलित कानुनबमोजिम योजनाको आकार २५ प्रतिशत थप गरी कुल एक अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाइहरू कायम गरी कुल ६७ हजार सात सय २० इकाइ (बीज पुँजीसहित) योग्य आवेदकहरूलाई माघ ०४ गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।
यस निष्कासन तथा बिक्री कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकहरू, लगानीकर्ता आवेदकहरू, सी–आस्वा सदस्य बैँक तथा वित्तीय संस्थाहरू, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेचेन्ज लिमिटेड, सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेड, सञ्चार माध्यमहरू, तथा सम्बन्धित सबै निकायहरूमा कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्टार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको संस्था हो । कम्पनीले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवाहरू सँगै लगानीकर्ताहरूलाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवाहरू प्रदान गर्दै लगिने छ र निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरू सञ्चालन गरिनुका साथै हाल सञ्चालनमा रहेका योजनाहरूमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनीको रूपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रूपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा सबिर बादे श्रेष्ठ रहेका छन् ।