काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बास्केटबल प्रशिक्षक, मेन्टर तथा खेल विज्ञ नेल्स हकिन्सनसँग विशेष बास्केटबल मास्टरक्लास आयोजना गरेको छ ।
कार्यक्रममा प्रिमियरका छात्रा तथा छात्र बास्केटबल टिमसँगै प्रिमियर स्पोट्र्स एकेडेमीका खेलाडीहरूको सहभागिता रहेको थियो । नेल्स हकिंसन ट्रिनिटी वेस्टर्न र सिएटल प्यासिफिक विश्वविद्यालयमा खेलाडी र प्रशिक्षकका रूपमा काम गरेका थिए । उनी फिवा ओलम्पिक सांलिडारिटी र यूएसए वास्केटवलमा नेतृत्व भूमिका निभाउँदै विश्वभरि बास्केटबल विकासमा मार्गदर्शन गर्ने व्यक्तित्व समेत हुन् ।
मास्टरक्लासमा हकिन्सनले खेलाडीहरूलाई सहनशक्ति विकास, खेल बुझाइ (गेम इन्टेलिजेन्स), आधारभूत सीप सुदृढ गर्ने तरिका तथा वास्तविक खेल परिस्थितिमा प्रयोग गर्न सकिने व्यावहारिक प्रविधिबारे प्रशिक्षण दिएका थिए । यससँगै उनले चुनौतीहरूलाई पार गर्दै अघि बढ्ने, अनुशासनमा रहने र उपलब्ध अवसरहरूको पूर्ण उपयोग गर्ने महत्त्वमा विशेष जोड दिए । मास्टरक्लास नेपाल विश्वविद्यालय खेलकुद संघको सहकार्य र समर्थनमा भएको हो । साझेदारीले प्रिमियरका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको सिकाइ अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।