काठमाडौं । अल–इलेक्ट्रिक महिन्द्रा एक्सइभी ९ई लाई भारतको सबैभन्दा प्रतिष्ठित अटोमोबाइल सम्मान, ‘कार अफ द इयर २०२६’ मा ग्रीन कार अवार्ड प्रदान गरिएको छ ।
महिन्द्रा एन्ड महिन्द्रा, तथा नेपालमा महिन्द्राको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले उक्त अवार्ड पाएको जानकारी दिएको हो । गी्रन कार अवार्डले वातावरणीय प्रदर्शन, ऊर्जा दक्षता, र शून्य उत्सर्जन प्रविधिमा उल्लेखनीय प्रगति देखाउने सवारीसाधनहरूलाई सम्मान गरिने गरिएको छ । यसले एक्सइभी ९ई को इलेक्ट्रिक मोबिलिटीको प्रति पूर्ण समर्पण र समग्र दृष्टिकोणलाई विशेषरूपमा मान्यता दिएको छ । यो महिन्द्राको ‘बोर्न इलेक्ट्रिक’ आईएनजीएलओ प्लेटफर्मको सफलताको प्रमाण हो, यसलाई सुरुवातदेखि नै पर्यावरणीय प्रभाव नगरी उत्कृष्ट प्रदर्शन दिने उद्देश्यले निर्माण गरिएको हो ।
कम्पनीका अनुसार यो अवार्डले एक्सइभी ९ई लाई केवल सवारीसाधनको रूपमा मात्र नभई दक्षिण एशियाली बजार, विशेष गरी नेपालमा, दिगो लक्जरी र नवीनताको नयाँ मानकको रूपमा स्थापित गरेको छ । विएमडब्लू, विवाईडी, हुण्डाई, किया, एमजी, टाटा र टेस्ला जस्ता प्रतिष्ठित इलेक्ट्रिक र वातावरणमैत्री सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै, एक्सइभी ९ई ले ग्रिन कार श्रेणीमा सबैभन्दा उच्च स्कोर प्राप्त गरेको हो । ग्रीन कार अवार्डले एक्सइभी ९ई लाई नेपाली बजारमा प्रवेश गर्दा अतुलनीय विश्वसनीयता प्रदान गर्ने अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले बताए ।