हङकङ । एसियाली सेयरबजारमा बुधबार प्रायः गिरावट देखिएको छ । एपीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ ।
टोकियोको निक्की २२५ सूची ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०.२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने ०.२ प्रतिशतले बढेको छ । सुनको मूल्य पहिलो पटक प्रति तोलामा चार हजार ८०० डलर नाघेको छ । लगानीकर्ताले अनिश्चित समयमा सुरक्षित सम्पत्तिमा पैसा लगाउने प्रवृत्ति देखाएका छन् ।
अमेरिकी सेयर बजारमा उतार–चढाव
मंगलबार वाल स्ट्रिटमा ठूला गिरावट आएपछि बुधबार अमेरिकी सेयर भविष्यका मूल्यहरू केही बढेका छन् । एस एण्ड पी ५०० को भविष्य मूल्य ०.३ प्रतिशतले बढेको छ भने डाउ जोन्स औद्योगिक सूची ०.२ प्रतिशतले बढेको छ । मंगलबार एस एण्ड पी ५०० २.१ प्रतिशतले घटेर ६ हजार ७९६.८६ मा पुगेको थियो ।
ठूला कम्पनीहरूको मूल्य घट्यो
एनभिडिया कम्पनीको सेयर ४.४ प्रतिशतले घटेको छ । एप्पल ३.५ प्रतिशतले घटेको छ । खुद्रा विक्रेता, बैंक र औद्योगिक कम्पनीहरू पनि घाटामा रहेका छन् । जेपीमांर्गन चेइस ३.१ प्रतिशत र क्याटरपिलर २.५ प्रतिशतले घटेको छ ।
अमेरिकी र जापानी नीतिगत बैठकको प्रतीक्षा
अमेरिकी फेडरल रिजर्भले अर्को हप्तामा आफ्नो नीतिगत बैठक गर्ने तय गरेको छ । बजारले अनुमान प्रमुख ब्याजदरमा कुनै परिवर्तन नहुने लगाएको छ । जापानको केन्द्रीय बैंकले शुक्रबार आफ्नो पहिलो मौद्रिक नीतिगत बैठक सम्पन्न गर्नेछ ।
तेल र मुद्रा बजारको स्थिति
तेल बजारमा अमेरिकी क्रूड तेल प्रतिब्यारेल ५६ सेन्टले घटेर ५९.८० डलरमा पुगेको छ । ब्रेन्ट क्रूड तेल ७० सेन्टले घटेर ६४.२२ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ । विदेशी मुद्रा बजारमा अमेरिकी डलर जापानी येनको सापेक्ष १५८.०८ मा आएको छ भने युरो स्थिर रहि १.१७१९ डलरमा कारोबार भइरहेको छ । एपी