काठमाडौं, पुस ९
लुुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख ६३ हजार पाँच सय ९१ रूपैयाँमध्येबाट १५ प्रतिशतका दरमा ३८ करोड ८० लाख ४४ हजार पाँच सय ३२ रूपैयाँबराबरको नगद लाभांश र पाँच प्रतिशतबराबरको १२ करोड ९३ लाख ४८ हजार एक सय ७७ रूपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । बैंक सञ्चालक समितिले बैठकले गरेको लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले यही पुुस सात गते स्वीकृत गरेको र उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।