काठमाडौैं । सानिमा बैंकले बिगमार्टमा क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलतापश्चात् आफ्ना ग्राहकहरूका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ । उक्त योजनाअन्तर्गत, सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ ।
यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालयहरू तथा एक सय २८ वटा एटीएमहरू संचालनमा रहेका छन् ।